७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित


प्रतिनिधिसभा

काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । अग्निप्रसाद सापकोटाले आज बसेको प्रतिनिधिसभा बैठक १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् ।

संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !