५ फाल्गुन २०८२, मंगलबार

एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही हुन् : सांसद प्रेम सुवाल


प्रतिनिधिसभाको विशेष बैठक फाइल फोटो

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना (एमसीसी)लाई समर्थन गर्नेहरु देशद्रोही भएको आरोप लगाएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन् । नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाईन तान्ने कुरा कहाँबाट आयो ? भन्दै उनले सरकारसँग प्रश्न समेत गरे ।

उनले भने, “एमसीसी सम्झौता भनेको नेपालको विजुली भारत हुँदै सिंगापुर लाने हो । एमसीसी सम्झौताको अनुसूचि ५ (क) मा गोरखपुरसम्म प्रशारण लाईन तान्ने उल्लेख छ । अमेरिका र नेपालको सम्झौतामा गोरखपुरसम्म बिजुलीका लाईन तान्ने कहाँबाट आयो ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !