२ मंसिर २०८१, आइतबार

मुख्मन्त्री गुरुङले भने, ‘खेलकुद क्षेत्रको विकाससँगै विकास निर्माणले गति लिन्छ’


prithivi subba gurung

२७ चैत, बेसीशहर । प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ जिल्लाव्यापी विद्यालयस्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सोमबार उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकास भएमात्र विकास निर्माणले गति लिने बताएका छन् ।

मुख्यमन्त्री गुरुङले प्रदेशको तर्फवाट योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउनका लागि खेलकुदको योजना बनाएको बताउँदै खेलकुदको विकासले विकास निर्माणका साथै पर्यटनको विकासमा पनि टेवा पु्याउने बताए ।

प्रदेशले खेलकुदको योजना बनाउदै गर्दा गाउँ सरकार र नगर सरकारले पनि सहयोग गर्नुपर्नेमा गुरुङले जोड दिए ।

जिल्ला खेलकुद विकास समिति लमजुङको आयोजनामा सोमबारवाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रत्येक वर्ष जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयमा संचालन गरिने प्रतियोगिताको यो वर्ष जिल्लाकै सहजी खेलमैदानमा सुूरु गरिएको छ ।

गत वर्षभन्दा यस वर्ष उक्त प्रतियोगितामा सहभागि विद्यालयको संख्यामा बृद्धिभएको खेलकुद विकास समितिले जनाएको छ । यो वर्ष प्रतियोगितामा भाग ५५ विद्यालयको सहभागिता रहेको खेलकुद विकास समितिका कार्यालय प्रमुख पूर्णप्रसाद अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !