![डा. बाबुराम भट्टराई](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Baburam-Bhattarai-6_cZteLiLHHN.jpg?fit=1024%2C642&ssl=1)
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) सम्झौतामा गठबन्धनभित्र साझा सहमति बनाउनुपर्ने बताएका छन् ।
अध्यक्ष डा. भट्टराईले एमसीसीको विषयमा गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेमा गठबन्धन भत्काउने खेल शुरु हुने र पुनः प्रतिगमन हुने खतरा रहेको बताए ।
सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।