२ जेष्ठ २०८१, बुधबार

काँग्रेस खुला केन्द्रीय सदस्यतर्फ दोस्रो दिनको मतगणना सुरु


मतगणना फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फ दोस्रो दिनको मतगणना सुरु भएको छ । स्रोतका अनुसार पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो।

खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यसमध्ये ३५ जना निर्वाचित हुन्छन् । शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएको थियो । आजदेखि बाँकी मतगणना हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !