२२ भाद्र २०८१, शनिबार

विज्ञप्ति जारी गर्दै शेखरले भने- चुनावमा अपवित्र गठजोड भयो, तर हामीले राजनीति जित्यौँ


डा. शेखर कोइराला

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको सभापति पदमा पराजित शेखर कोइरालाले १४ औं महाधिवेशनमा पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड भएको बताएका छन् ।

नेता कोइरालाले आफूहरु त्यस्तो गठजोडसँग रहेको बताउँदै चुनावमा पराजित भएपनि राजनीति भने जितेको दावी गरेका छन् । आफू पार्टी सभापतिमा पराजित भएपनि लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको समेत कोइरालाले बताएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नका लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग उर्जावान युवाहरुको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ ।”

“पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले काँग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं”, विज्ञप्तिमा भनिएके छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !