६ जेष्ठ २०८१, आइतबार

बिजुक्छे भन्छन्- पार्टी गतिविधि सेवाभावका साथ जनता समक्ष लैजानुपर्छ


नारायणमान बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पार्टीका गतिविधिलाई जनताबीच अझ बढी सेवाभावका साथ सक्रिय रूपमा लैजान निर्देशन दिएका छन् ।

हिजो बिहीबारदेखि शुरु भएको पार्टीको ३२औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश सङ्कटमा पर्दै गएको तर्क गरे ।

बैठकमा एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण भएको बैठकमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिए ।

बैठकमा कोभिडले निम्त्याएका समस्याका साथै पार्टीको ९ महिनाका गतिविधिको पनि समिक्षा भएको उनले जानकारी दिए । पार्टीको केन्द्रीय परिषद् बैठक पुस २ र ३ गतेसम्म सञ्चालन हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !