काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही भएको दावी गरेका छन् ।
‘प्रचण्ड’ले आज प्रेस विज्ञप्ति नै जारी गरेर आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको दाबी गरेका हुन् । उनले आफ्नो विश्लेषण पार्टी र लाखौं लगानीकर्ताहरुको हितको पक्षमा रहेको उनको भनाइ रहेको छ ।
प्रचण्डले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’
केही दिनअघि शेयर बजारको बारेमा प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर शेयर लगानीकर्ताहले विरोध जनाउँदै प्रचण्डलाई ‘पुँजीबजार विरोधी’ भन्दै ‘नो भोट’ अभियानको घोषणा नै गरेका छन् ।
यस्तै सेयर बजारबारे प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच दोहोरी चलेको थियो । बुधबार भएको अर्को कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई अस्थिरताका संवाहक भएको भन्दै चर्को आलोचना गरेका थिए । उनले प्रचण्डको सेयर बजार बारेको अभिव्यक्ति पनि त्यसको अंग भएको बताएका थिए ।
यस्तो छ हेर्नुस् ‘प्रचण्ड’ले जारी गरेको प्रेस विज्ञप्ति