१२ असार २०८१, बुधबार

काँग्रेस महाधिवेशन: शेखर कोइराला र प्रकाशमान सिंहबीच वार्ता


डा. शेखर कोइराला, प्रकाशमान सिंह

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति उम्मेदवार डा. शेखर कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कोइरालाले सिंहलाई निवासमै गएर भेटेका हुन् ।

उक्त भेटघाटमा कोइरालाले अब दोस्रो चरणको चुनावमा आफूलाई सघाउन सिंहसँग आग्रह गरेका थिए । स्रोतका अनुसार जवाफमा सिंहले आफ्नो टिमका नेताहरूसँग छलफल गरेर सामूहिक रूपमा निर्णयमा पुग्ने जवाफ दिएका थिए ।

यसअघि सिंहले बालकृष्ण खाँणलाई पनि यही जवाफ दिएर पठाएका थिए । खाँणले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउन सिंहसँग आग्रह गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !