३ असार २०८१, सोमबार

देउवा पक्षले भ्रम फैलाएको शशांक काेइरालाको आरोप


डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक काेइरालाले शेरबहादुर देउवा पक्षले भ्रम फैलाएको आरोप लगाएका छन्।

देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक काेइरालालाई आफ्नाे प्यानलमा राखे मतपत्रको नमुना बाँडिरहेकाे छ । तर, शशांककाे निजी सचिवालयले भने यसलाई भ्रम भनेकाे छ ।

मतदातालाई आफ्नाे पक्षमा पार्न अनेकन तिगडम अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आआफ्नाे प्यानलमा राखेर प्रचार गरिरहेका छन् ।

शशांकका सचिवालयले शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने बताए । तर शशांककाे नाम दुवै समूहले राखेका छन् । तर समर्थन शेखर कोइरालाको प्यानललाई नै हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !