१३ असार २०८१, बिहिबार

पौडेललाई भेट्न देउवा पुगे बोहोराटार


शेरबहादुर देउवा, रामचन्द्र पौडेल

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । प्रधानमन्त्री देउवाले पौडेललाई भेट्न उनकै निवास पुगेर भेटेका हुन् ।

स्रोतका अनुसार देउवा र पौडेलबीच पौडेल निवास बोहोराटारमा आज राती ९ बजेतिर भेट भएको हो । उक्त भेटमा देउवाले ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस्’ भनेको पौडेल निकट स्रोतले बतायो ।

स्रोतका अनुसार जवाफमा पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्श विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !