![विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Bijaya-Kumar-Gacchadar-and-Purna-Bahadur-Khadka.jpg?fit=1202%2C483&ssl=1)
काठमाडौं । नेपाली कांग्रेसका वर्तमान सभापति एवं सभापतिका उम्मेदवार शेरबहादुर देउवाको टीमबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई उपसभापतिको उम्मेदवार अघि सारिएको छ । केही समयअघि मात्र राष्ट्रियसभागृहस्थित मनोनयनस्थल पुगेर उनीहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यक्रम छ । आज साँझ ५ बजेसम्का लागि मनोनयन दर्ताका लागि समय तय गरिएको छ ।