१२ आश्विन २०८१, शनिबार

रामचन्द्र पौडेल पार्टी सभापतिको दौडबाट पछि हटे


रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापतिको दौडबाट पछि हटेका छन् । आज शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले आफू १४औँ महाधिवेशनमा सभापतिमा उम्‍मेद्‍वारी नदिने बताएका हुन् ।

आफ्नो संस्थापनइतर समूहमै सभापति पदको लागि धेरै आकांक्षी देखिएर पौडेल साझा उम्मेदवारको चयन हुनवाट असहयोग गरेकोले नेता पौडेल आफु सभापतिको रिङबाट बाहिरिएको जानकारी दिएका हुन् । यद्यपि उनले आफू कांग्रेसको राजनीतिबाट भने तत्कालै नबाहिरिने बताएका छन् ।

यस्तै काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दिने तयारी गरेपछी पौडेल पछि हटेका उनका निकट सहयोगीले जानकारी दिएका छन् । संस्थापन इतर पक्षबाटै शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा जुटेका छन् ।

पौडेलले आफूले बुझेको कांग्रेसमा अहिले विचलन आएको अनुभव गरेको उल्लेख गरेका छन् । कांग्रेसलाई केवल सत्ताको भर्‍याङमा सीमित बनाउन खोजिएको भन्दै वरिष्ठ नेता पौडेलले सत्ता विचलनबाट हात लागेको सत्ताको अवसरमा पार्टी रमाइरहेको टिप्पणी गरेका छन् ।

उनले काँग्रेसमा १४औं महाधिवेशनसम्म आइपुग्दा धेरै प्रपञ्च भोगेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले प्रतिस्पर्धाबाट अलग रहेपनि विवेक प्रयोग गरेर मतदान गर्न पनि सबैलाई अपिल गरेका छन् ।

यस्तो छ रामचन्द्र पौडेलले जारी गरेको प्रेस विज्ञप्ति

यस्तो छ रामचन्द्र पौडेलले जारी गरेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !