१ मंसिर २०८१, शनिबार

देउवालाई ओलीको सुझाव : प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्नुस्


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न सुझाव दिएका छन् ।

नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रको कार्यक्रममा शुभकामना दिंदै अध्यक्ष ओलीले काँग्रेसलाई सुझाव दिँदै उनले भने, ‘तर, अरुका नीतिको पछाडि होइन, आफ्नो नीतिमा हिँडोस् । शेरबहादुर देउवाजी प्रधानमन्त्रीमात्र होइन, सरकारको नेता हुनुहोस् ।’

ओलीले प्रचण्ड र माधव नेपाललाई व्यंग गर्दै कांग्रेसले हात समात्न छाड्छ कि भनेर उनीहरू डराइरहेको टिप्पणी गरे । केही साना दललाई भने काँग्रेसले औँला छोड्ला कि भन्ने चिन्ता लागेर ‘सँगै जानुपर्छ’ भनिरहेको उनको भनाइ थियो ।

काँग्रेसले सबैलाई साथ लिएर हिँडेमा आफ्नो पार्टीको कुनै आपत्ति नरहने स्पष्ट पारेका छन् । उनले राष्ट्रियता, देशको विकास, जनताका हितका पक्षमा नेपाली काँग्रेसलाई एमालेले पनि साथ दिने बताए ।

यो पनि पढ्नुहोस्

लिङ्देनमाथि खनिदै ओलीले भने- भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ

नेता गाउँ जाँदा कुन चोर आएछ भन्न थाले : अध्यक्ष राजेन्द्र लिङ्देन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !