१२ पुस २०८१, शुक्रबार

दुर्गाप्रसादलाई ५ लाख भारु क्षतिपूर्ति दिन उच्च अदालतको आदेश


दुर्गाप्रसाद तिम्सिना

काठमाडौं । भारतको जेलमा ४१ वर्षसम्म बिनाकसुर जेलमा बसेर रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जोशी)ले क्षतिपूर्तिबापत ५ लाख भारु पाउने भएका छन्।

स्रोतका अनुसार भारतको कलकत्तास्थित उच्च अदालतले जोशीलाई क्षतिपूर्तिबापत ५ लाख भारु दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।

मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले मंसिर २१ गतेको दिन भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् जोशीको बैंक खातामा पाँच लाख भारु पठाउन आदेश दिएको हो ।

जोशी १९ वर्षको छँदा दार्जिलिङमा एक युवतीको हत्या आरोपमा सन् १९८० मा जेल परेका उनी बिनाकसुर ४१ वर्ष जेल बसेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !