काठमाडौँ । नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले संस्थापन समूहको बैठकमा आफूलाई नबोलाउनु स्वभाविक भएको बताएका छन् ।
बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निजी निवासमा बस्ने बैठकमा निधि भने आफ्नै तयारी जारी रहेको भन्दै उक्त बैठकमा गएका छैनन् । देउवाले आफ्नो टिमबाट कस-कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल जारी छ ।
सभापतिमा उठ्ने घोषणा र सम्पर्क कार्यालय खोलेसँगै देउवाले निधिसँग छलफल गर्न छाडेका छन् ।