७ मंसिर २०८१, शुक्रबार

काँग्रेसमा देउवाको विकल्प खोज्न पौडेल पक्षको बैठक बस्दै


नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरू

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाको बिकल्प खोज्न रामचन्द्र पौडेल पक्षको बैठक आज १ बजे बस्दैछ । काँग्रेस महाधिवेशनका उद्घाटन हुन तीन दिनमात्र बाँकी रहँदा पौडेल पक्ष देउवाको बिकल्प दिने सवर्सम्मत उम्मेदवार बनाउन एकसूत्रीय एजेण्डामा जुट्ने भएको हो ।

काँग्रेसमा संस्थापन पक्षवाट सभापति देउवा नै १४औं महाधिवेशनका लागि उम्मेदवार सुनिश्चित भए पनि बाँकी पदाधिकारीको विषय टुंगो लाग्न बाँकी रहेको छ भने संस्थापनइतर पौडेल पक्षवाट सभापतिको लागि साझा उम्मेदवार टुंग्याउन बाँकी रहेको छ ।

पौडेल पक्षमा भने सभापतिका आकांक्षीहरु नै ४ जना आकांक्षी देखिएकोले साझा उम्मेदवार चयन गर्न सकस देखिएको छ । हिजो सोमबार बोहोराटारस्थित पौडेल निवासमा सभापतिका ४ जना आकांक्षीको बैठक बस्दा नेता शेखर कोइराला र प्रकाशमान सिंहले आफ्नो अडान छोडेनन् ।

केन्द्रीय सदस्यहरुको राय अनुसार नेताहरु सहमत नभए पार्टीका निर्वाचित जिल्ला सभापतिहरु, पूर्वसभापतिहरु, क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधिहरुको भेला गराएर भेलाकै सुझावमा उम्मेदवार छान्ने कसरत जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !