फाइल फोटो
काठमाडौं । संसदीय सुनवाइ समितिको बैठक आज ११ बजे बस्दैछ । स्रोतका अनुसार भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार हुँदैछ ।
यअसघि सुनुवाइ निर्धारण भए पनि ११ सदस्यीय समितिमध्ये पाँच जना मात्रै उपस्थित भएपछि बैठक स्थगित गरिएको थियो ।
११ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो ।