१५ असार २०८१, शनिबार

अध्यक्ष पदमा पराजय भएपछि कमल थापा भए यतिसम्म भावुक


कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पराजित भएपछि कमल थापा एकदमै भावुक भएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै थापाले आफ्नो अन्तर्मन भित्र आफ्नो मान्यतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको स्वीकार गरेका छन् ।

उनले अहिले आफ्नो अन्तर्मन भित्र आफ्नो मान्यतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको कविता सम्झन मन लागेको बताएका छन् ।

राप्रपाको नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समारोहमा अध्यक्षमा पराजित थापा अनुपस्थित भएका छन् । सपथ ग्रहण समारोहमा निवर्तमान अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित छन् ।

अध्यक्षमा पराजित थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समारोह बहिस्कार गरेका हुन् । थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए ।

उनले लेखेका छन्, ‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो : “पोहोर साल खुशी फाट्दा, जतन गरि मनले टाले; त्यहि साल माया फाट्यो, त्यसलाई पनि मनले टाले; यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !