१२ असार २०८१, बुधबार

राप्रपाको सपथ ग्रहणमा कमल थापा अनुपस्थित


सपथ ग्रहण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समारोहमा अध्यक्षमा पराजित कमल थापा अनुपस्थित भएका छन् ।

सपथ ग्रहण समारोहमा निवर्तमान अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित छन् ।

अध्यक्षमा पराजित थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समारोह बहिस्कार गरेका हुन् । थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !