८ मंसिर २०८१, शनिबार

महाधिवेशन प्रतिनिधि विवादले राप्रपाको निर्वाचन कार्यक्रम अनिश्चित


राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेनशमा भाग लिने आएका महाधिवेशन प्रतिनिधि विवादले निर्वाचन कार्यक्रम अनिश्चित भएको छ । प्रतिनिधिको संख्यामा दुई दिनदेखिको विवादले निचोड ननिस्किदा नयाँ नेतृत्व चयन प्रक्रिया लम्बिने देखिन्छ ।

पार्टी अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देन समूहबीच महाधिवेशन प्रतिनिधिको विषयमा विवाद भएको हो । पार्टीको हिजो बुधबारदेखि शुरु भएको एकता महाधिवेशनका दौरान विवाद भएको हो । विवादका कारण निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन ।

अध्यक्ष कमल थापाले एकलौटी रूपमा जिल्लाबाट आएको मतदाता नामावाली हेरफेर गरेको आरोप लिङ्देन पक्षले लगाएको छ । भक्तपुर, सर्लाही, काठमाडौं, पर्वत लगायत जिल्लाबाट आएको सूचीका विषयमा विवाद भएको हो ।

तर थापा पक्षधर भने डा. प्रकाशचन्द्र लोहनी र प्रदेश नम्बर-२ का नेता रामचन्द्र रायका कारण प्रतिनिधि सहभागितामा लफडा भएको तर्क गरेका छन् । यद्यपि राप्रपाका नेता राजाराम श्रेष्ठ भने विवाद चाडैं समाधान हुने भएकाले आजै निर्वाचन प्रक्रिया शुरु हुन सक्ने सम्भावना रहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !