७ मंसिर २०८१, शुक्रबार

गल्ती स्वीकार गर्दै अध्यक्ष कमल थापाले भने, “अब सत्तामा जाँदा विचार गर्छु”


कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतमा पार्टी सरकारमा जाँदा गल्ती भएको स्वीकारेका छन् ।

अध्यक्ष थापाले सरकारमा सहभागिताका सम्बन्धमा भविष्यमा निर्णय गर्दा राप्रपाले आफ्नो सिद्धान्त र मान्यतालाई सुदृढ तुल्याउने शर्तलाई मुख्य आधार बनाउने पनि बताए ।

हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी सरकारमा जुनसुकै सरकारमा सहभागी भएको पार्टीका सहयोगी र शुभचिन्तकहरुलाई चित्त नबुझेको राजनीतिक कार्यपत्रमा उल्लेख छ ।

यो वास्तविकतालाई हृदयङ्गम गर्दै आगामी दिनमा सत्ता केन्द्रित होइन सिद्धान्त र जनता केन्द्रीत राजनीति राप्रपाको प्राथमिकता हुने कार्यपत्रमा उल्लेख छ ।

विगतमा पटकपटक राप्रपा सरकारमा सहभागी हुँदा पार्टीको एजेण्डा ओझेलमा पर्यो भन्ने पार्टीका आम कार्यकर्ताहरूको गुनासो छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !