२ मंसिर २०८१, आइतबार

सर्वोच्च अदालतमा गोला प्रथाको पहिलो दिननै सुनुवाइ प्रभावित


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोकेको पहिलो दिननै मुद्दाको सुनुवाइ प्रभावित भएको छ । स्रोतका अनुसार कानुन व्यवसायीले प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि बुधबारको इजलासमा सुनुवाइ प्रभावित भएको हो ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको विषयमा अन्योलता भएकाले निराकरण हुनुपर्‍यो भन्ने माग गरेको बताए ।

न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास गठन गरेर मुद्दा सुनुवाइ गर्न थालेपछि नेपाल बारका अध्यक्ष श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले इजलासमा प्रवेश गरी प्रधानन्यायाधीशको अन्योलताको विषयमा प्रश्न उठाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु