काठमाडौं । सर्वोच्च अदालतमा आजबाट गोला प्रक्रियामार्फत पेसी तोक्ने सुरुवात भएको छ । स्रोतका अनुसार सर्वोच्चका न्यायाधीशहरूले गोला तानेर यसको सुरुवात गरेका छन् ।
बिहान साढे १० बजे गोला तान्ने काम सकिएको छ भने कम्प्युटरमा चढाउने लगायत केही प्रशासनिक काम बाँकी रहेको स्रोतले बतायो । बिहान ११ बजेभित्र कम्प्युटरमा पेसीको प्रविष्ट गरी इजलास गठन हुनेछ ।
यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था रहेकामा आजबाट गोला प्रक्रियाबाट पेसी तोक्ने सुरुवात भएसँगै सबै न्यायाधीश नियमित इजलासमा फर्कने भउका छन् ।