१४ बैशाख २०८१, शुक्रबार

नेकपा एमालेको निर्वाचनमा २१५३ मतदातामध्ये २११४ मत खस्यो


CPNUML_Nekapa Emale Election 4

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सकिएको छ । आज बिहान ४ बजेबाट शुरु भएको मतदान केही समय अगाडि सकिएको हो ।

एमाले निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार कुल २१५३ मतदातामध्ये २११४ मत खसेको छ । अब मतदान सकिएसँगै मतगणनाको तयारी गरिएको छ । विद्युतीय मेसिनबाट इलेक्ट्रोनिक भोटिङको ब्यबस्था गरिएको थियो ।

एक पटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो । मतदानका लागि एक जनालाई १० देखि १५ मिनेटसम्म लागेको थियो । मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि मतदान गरेका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध चयन भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !