१४ बैशाख २०८१, शुक्रबार

भीम रावलको आपत्ति : पर्चा बाँड्नेको विरोध गर्नेमाथि जाइलाग्ने कार्य भयो


भीम रावल

काठमाडौँ । नेकपा (एमाले) को अध्यक्षमा उम्मेदवारी दिएका नेता डा. भीम रावलले चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचारसंहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्य भएको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै रावलले आचारसंहिता विपरीत समूह पर्चा बाँड्ने र विरोध गर्नेमाथि जाइलाग्ने कार्यले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई समेत आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचारसंहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु । उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’

एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदान प्रक्रिया अध्यक्षका अर्का उम्मेद्वार भीम रावललाई भोट नहाल्न भन्दै एमाले प्रतिनिधिहरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताले उर्दी जारी गरेका छन् ।

अध्यक्षमा उम्मेद्वारी दिएका भीम रावलसहितका नेताहरूको नामावली निकालेर ओली समूहका कार्यकर्ताले भोट नहाल्न आग्रह गर्दै पर्चा बाँडेका हुन् । अध्यक्ष ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनेर प्यानलसहितको सूची वितरण गरेको हो ।

लिस्टमा ओली पक्षलाई भोट हाल्न भनिएको छ भने रावल पक्षलाई नहाल्न आग्रह गरिएको छ । लिस्टमा ओलीले यसअघि बन्दसत्रमा सर्वसम्मतीका लागि प्रस्तुत गरेको नामावलीमा भोट हाल्न भनिएको छ । सूचीमा ओलीले यसअघि बन्दसत्रमा बाचन गरेको नामावलीमा भोट हाल्न सूचित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु