५ जेष्ठ २०८१, शनिबार

एमाले सचिवमा टंक कार्कीले दर्ता गरे उम्मेदवारी


टंक कार्की

चितवन । नेकपा एमालेको सचिव पदका लागि टंक कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै बज बिहान कार्कीले सचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।

एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा ओली र भीम रावलले उम्मेदवारी दर्ता दिएका छन् । ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् ।

कार्कीसँगै भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !