१६ आश्विन २०८१, बुधबार

भारत भ्रमण : प्रधानमन्त्रीसहित १५ सदस्य राष्ट्रपति निवासमा बस्ने


president

२३ चैत, काठमाण्डौ । तीन दिने राजकीय भारत भ्रमणमा नयाँ दिल्ली आईपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित १५ जना भारतीय राष्ट्रपति निवासमा बस्ने भएका छन् ।

प्रधानमन्त्री ओलीसहित उनकी पत्नी राधिका शाक्य, मन्त्रीहरु रघुवीर महासेठ, प्रदिप ज्ञवाली र मात्रिका प्रसाद यादव, परराष्टसचिव शंकरदास बैरागी, ओलीका चिकित्सक, राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, स्वकिय सचिव राजेश बज्राचार्य लगायत रहनेछन् । अरु सदस्यहरुलाई होटलमा व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !