६ जेष्ठ २०८१, आइतबार

विविधतामा एकता कायम गर्न उपराष्ट्रपति पुनको आग्रह


उपराष्ट्रपति नन्दबहादुर पुन

२३ चैत, काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) छैटौँ संघीय महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै नेपाली समाजमा रहेको विविधतामा एकता कायम गर्न सबैले पहल गर्नुपर्ने बताएका छन् ।

उपराष्ट्रपति पुनले नेपाली समाजको सुन्दरता नै समाजमा रहेको विविधतावीचको एकता रहेको बताए ।

पुनले फोनिजलाई त्यहीँ अनेकता र विविधतावीचमा एकता कायम गर्न भूमिका खेल्न अनुरोध गरेका छन् । उनले भने, ‘सञ्चार माध्यम र पत्रकार आवाज विहिनको आवाज हो । यो उत्पीडित र उपेक्षित जातिको आवाज बन्न सक्नुपर्छ ।’

उपराष्ट्रपति पुनले सञ्चारकर्मीहरूलाई कम पारिश्रमिक भएका कारण विदेशिनुपर्ने अवस्था आउन नदिन सबै सचेत बन्नुपर्ने बताएका छन् । फोनिजका अध्यक्ष डण्ड गुरूङले मूलधारका विषयमा आफूहरूले अभियान चलाउने बताएका छन् ।

कार्यक्रममा उपराष्ट्रपतिले आदिवासी जनजाति समुदायवाट निर्वचित जनप्रतिनिधि र नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो । महाधिवेशनले शनिबार संघीय नयाँ कार्य समिति चयन गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !