८ बैशाख २०८१, शनिबार

एमाले महाधिवेशनमा ओलीको सम्बोधन: चुनावको तयारीमा जुट्छौं !


केपी शर्मा ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अब चुनावको तयारीमा जुट्ने बताएका छन् । अध्यक्ष ओलीले आफूहरु चुनावको तयारीतर्फ जाने र एकल बहुमत ल्याउने दावी गरे ।

पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको बताए ।

उनले एमाले राणाशाहीलाई भत्काउने, पञ्चायत, राजतन्त्र फाल्ने आन्दोलन देखि लिएर अन्धकार युगबाट उज्यालोतिर ल्याउने वैचारिक र व्यवहारिक ढङ्गबाट नेतृत्व गर्दै आएको पार्टी भएको दाबी गरे ।

आजका समस्याहरू ठिक ढंगले पहिचान गर्ने र समस्याहरूलाई समाधान गर्ने ऐतिहासिक अभिभारा बोकेको पार्टी एमाले रहेको उनले दावी गरे।

उनले भने, “सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिभारा बोकेको, आर्थिक सामाजिक समस्या समाधान गर्नै अभिबारा बोकेको पार्टी हो । हामीले संघर्षका ७२ वर्ष पार गरेका छौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !