८ बैशाख २०८१, शनिबार

मधेश आन्दोलनका उपलब्धिहरूलाई जालझेल र षडयन्त्र गरी ओझेलमा पारियो : अध्यक्ष यादव


उपेन्द्र यादव फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, शासन पद्धति जनतामा केन्द्रित गर्नुपर्ने विषयलाई अझै एजेण्डा बनाउन नसकिएको बताएका छन्।

अध्यक्ष यादवले एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै यस्तो बताएका हुन्। उनले देश र जनताको सफल होस भन्ने कामना व्यक्त गरे ।

लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने यादवले बताए । जनआन्दोलन, मधेश आन्दोलनका उपलब्धिहरूलाई जालझेल र षडयन्त्र गरी ओझेलमा पारिएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !