९ मंसिर २०८१, आइतबार

मणि थापाले भने, ‘एकता चाहेको भए एमालेले जनयुद्ध शब्दलाई स्वीकारेर अघि बढ्नुपर्छ’


mani thapa

२३ चैत, बुटवल । माओवादी केन्द्रका नेता मणि थापाले एकीकृत पार्टीको विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द उल्लेख नभए एमालेसँग एकता गर्न धेरै गाह्रो पर्ने बताएका छन् ।

माओवादी प्रदेश नम्बर ५ का इन्चार्जसमेत रहेका थापाले रुपन्देहीको बुटवलमा आयोजित पत्रकार भेटघाटमा पार्टी एकताका लागि जनयुद्ध शब्द अनिवार्य उल्लेख हुनुपर्ने बताए । उनले भने, ‘एकता चाहेको भए एमालेले जनयुद्ध शब्दलाई स्वीकारेर अघि बढ्नुपर्छ ।’

प्रेस सेन्टर नेपाल प्रदेश ५ ले आयोजना गरेको कार्यक्रममा थापाले एमालेले जनयुद्ध शव्द स्वीकार्दैन भनेर आफूहरुले कल्पना पनि नगरेको बताए । उनले सम्मानजनक एकता हुनुपर्नेमा जोड दिए ।

‘पार्टी एकता बिचारको हो, शक्ति सन्तुलनको मात्रै होइन,’ थापाले भने, ‘बिचारको एकता हामीले चाहेको हो, एकता ठूलो-सानो संख्याको होइन, बिचार र सम्मानको आधारमा हुनुपर्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !