१७ असार २०८१, सोमबार

प्रचण्डले भने, ‘सहकारीको माध्यामवाट मुलुकमा दिगो विकास हुन्छ’


प्रचण्ड

२२ चैत, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले जनतालाई अभाव हुन नदिने गरी मुलुकको आर्थिक विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय सहकारी महासम्मेलनको बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सहकारीको माध्यामवाट मुलुकमा दिगो विकास गर्न सरकार सक्षम हुने विश्वास पनि व्यक्त गरे ।

उनले सामाजिक न्यायमा आधारित भएर समाजका सबै तहलाई सम्पन्न बनाउने सवैधानिक व्यवस्था कार्यान्वयन गरेर अघि बढनुपर्नेमा पनि जोड दिए ।

प्रचण्डले जनतालाई समृद्ध बनाउन आफूहरुले समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना संविधानमै गर्नु परेको पनि स्पष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु