१३ आश्विन २०८१, आइतबार

स्थायी कमिटी बैठक छाडेर अध्यक्ष ओली सम्पादकसँग


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली बानेश्वरमा सञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट कार्यक्रममा जाने भएपछि दिउँसो साढे तीन बजे बस्ने गरी बैठक स्थगित भएको हो ।

१० औं महाधिवेशनको तयारीबारे रिपोर्टिङ सकिएपछि बैठक स्थगित भएको छ । महाधिवेशनको तयारीबारे मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले रिपोर्टिङ गरेका थिए ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार दिउँसो साढे ३ बजे बस्ने बैठकमा विभिन्न क्षेत्रबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरुको अवस्था, केन्द्रीय कमिटीबाट मनोनित हुने प्रतिनिधि सिफारिस, महाधिवेशन सञ्चालन तालिका र निर्वाचन प्रक्रियाबारे छलफल हुने कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !