१२ बैशाख २०८१, बुधबार

महाधिवेशन प्रतिनिधिमा डा. आरजु राणा देउवा निर्विरोध निर्वाचित


डा. आरजु राणा देउवा

काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि खुला (महिला)तर्फ डा. आरजु राणा देउवासहित चार जना निर्विरोध भएका छन् । निर्विरोध हुनेमा आरजुसहित सरस्वती खड्का, कौशिला भट्ट र कलावती देवी बोहरा रहेका छन् ।

स्रोतका अनुसार जनकराज चटौत, डम्बरराज जोशी, मिनबहादुर चन्द र सम्पन्न राज भट्ट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महिलामा कुमारी राजु भट्ट जोशी, पार्वती देवी झुकाल र मानकुमारी थापा निर्वाचित भएका छन् ।

एक नेताका अनुसार दलित (महिला) मा हरिनादेवी कामी, दलित (पुरुष) तर्फ सन्तोष जैरु, जनजातीतर्फ बलबहादुर गुरुङ र अपांगबाट जयप्रकाश भट्ट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !