काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक मंगलबार पनि बस्ने भएको छ ।
जसपाका एक नेताका अनुसार बालकुमारीस्थिति पार्टी कार्यालयमा सोमबारदेखि सुरु भएको बैठकमा संगठन सुदृढीकरण जनजागरण अभियान (सुज अभियान) को समीक्षा, देशको समसामयिक राजनीतिक अवस्था, सरकार सन्चालन लागयतको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
जसपाका एक नेताका अनुसार प्रतिवेदन लेख्ने जिम्मेवारी कार्यकारिणी सदस्य विजय यादव, रामबाबु यादव र गोविन्द चौधरीलाई दिइएको छ । सम्भवतः उनीहरूले आज आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
बैठकमा सांसद प्रदीप यादवको कारवाहीको विषयमा छलफल हुने एक नेताले जानकारी दिए । आफूलाई मन्त्री नबनाएको भन्दै सांसद प्रदीप यादवले आन्दोलन गराएको आरोप रहेको छ ।