११ आश्विन २०८१, शुक्रबार

जनार्दन शर्माको दावी : राष्ट्रिय राजनीति प्रचण्डकै दृष्टिकोणमा चलिरहेको छ


जनार्दन शर्मा फाइल फोटो

चितवन । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रिय राजनीति पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै दृष्टिकोणमा चलिरहेको दावी गरेका छन् ।

आज भरतपुरमा भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘समृद्ध भरतपुरका लागि विकास बहस’ कार्यक्रममा बोल्दै उनले समाजवादको विकास प्रचण्डले नै गर्ने बताएका छन् ।

उनले नेतृत्व निर्माणको थलो चितवन भएको भन्दै प्रचण्डजस्तो नेतृत्व जन्माउनमा चितवनको महत्वपूर्ण योगदान रहेको बताए । भरतपुर महानगरको विकासले आफूलाई प्रेरित गरेको समेत उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !