काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने प्रस्तावलाई पार्टीको बैठकमा राख्ने बताएका छन् ।
सोमबार नेपाल बार एसोसिएसनले चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझ्दै नेम्वाङले बारको प्रस्तावलाई पार्टी अध्यक्ष र स्थायी कमिटी बैठकमा लैजाने बताएका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई ज्ञापनपत्र बुझाएको हो ।