काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि सारिएको कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उक्त बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने र पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषय पनि छलफल हुने सचिव तामाङले जानकारी दिए ।