२ जेष्ठ २०८१, बुधबार

मुख्यमन्त्री शाहीले भने, ‘केन्द्र सरकारले अधिकार र बजेट नदिँदा काम गर्न सकिएन’


mahendra bahadur sahi

२२ चैत, काठमाण्डौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारलाई कामको अधिकार नदिइएकाले उल्लेखनीय काम गर्न नसकेको गुनासो गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै शाहीले विकास निर्माणका सबै काम केन्द्रले नै हरिरहेकाले आफूहरुले काम गर्न नपाएको बताए ।

प्रहरी प्रशासनदेखि सबै निकाय केन्द्र सरकारकै मातहतमा रहेकाले आफूहरु अधिकारविहिन भएको उनको भनाई छ । “अधिकार र बजेट दिएपछि हामी सबै काम गर्न सक्छौँ । स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार लगायतको सबै विकाससँग जोडिएका क्षेत्रमा काम गर्न सकिन्छ । योजना बनाएर काम गर्न, शान्ति सुरक्षा र सुशासन कायम गर्नका लागि अधिकार चाहिन्छ ।” शाहीले भने ।

बजेट नभएसम्म केही काम गर्न नसकिने उनको भनाई छ ।
अहिलेसम्म यस प्रदेशको नाम कर्णाली राख्नु र स्थायी राजधानी तोक्ने नै ठूलो काम भएको बताएका छन् ।

ठूला काममध्ये कर्णाली प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि वर्षभरी मनाउने पर्यटकीय गतिविधिको तयारी भइरहेको शाहीले बताए ।

मुख्यमन्त्री शाहीले पर्यटक वर्ष मनाउनका लागि वैशाख एक गते रारातालमा उद्घाटन गरिने बताए ।

त्यसैगरी सत्ता सन्चालनका लाग कानुनको मस्यौदा तयार पार्ने काम भइरहेको शाहीले बताए । आर्थिक विधेयक पनि पास गरेको जानकारी दिदै शाहीले अरु विधेयकहरु पनि ससंदमा दर्ता गर्ने क्रममा रहेको बताए ।

त्यसैगरी श्वेतपत्र जारी गर्नका लागि पनि तयारी भइरहेको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !