१३ बैशाख २०८१, बिहिबार

अमेरिकी मन्त्रीलाई ओलीले भने- सरकारले सम्झौताबारे एमालेसँग छलफल नै गरेन


केपी शर्मा ओली र डोनाल्ड लु

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच सिंहदरबारमा शिष्टाचार भेटघाट भएको छ ।

आज शुक्रबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा लुको प्रतिनिधिमण्डलसँग ओलीको भेटघाट भएको हो । भेटका क्रममा अमेरिकी सहायकमन्त्री लूले एमसीसी ढिलाइबारे अध्यक्ष ओलीलाई जिज्ञासा राख्दै पार्टीको आधिकारिक धारणा सोधेको एमाले स्रोतले बतायो ।

जवाफमा ओलीले आफ्नो दल सरकारमा नभएकाले एमसीसीबारे स्पष्ट पोजिसन नरहेको र सरकारले पनि यसबारे आफूहरुसँग कुनै परामर्श नगरेको बताएका थिए । भेटवार्तामा एमाले संसदीय दलका उपनेता सुवास नेवाङ, विष्णु रिमाललगायतका नेताहरु सहभागी थिए।

यसअघि हिजो बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग लुबीच भेटवार्ता भएको थियो । भेटका क्रममा लुले एमसीसी पास ढिलाइबारे जिज्ञासा राखेकोमा जवाफमा प्रधानमन्त्री देउवाले सहमतिअनुसार एमसीसी पास गरिने जानकारी गराएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !