१२ असार २०८१, बुधबार

प्रधानमन्त्री देउवाले भने- सरकारले पतञ्जलिलाई जग्गा उपलब्ध गराउँछ


शेरबहादुर देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलिलाई जग्गा उपलब्ध गराउने बताएका छन् । काठमाडौंमा आज शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा ‘पतञ्जलि नेपाल टिभी’ तथा ‘आस्था नेपाल टिभी’ र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो बताएका हुन् ।

उनले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने जानकारी दिएका हुन् । योग आर्युवेदका लागि गरेको अथक प्रयासका लागि रामदेवलाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका प्रधानमन्त्री देउवाले रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन अनुरोध समेत गरे ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला, गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्र मन्त्री नारायण खड्का, पर्यटन मन्त्री प्रेमकुमार आले लगायत वरिष्ठ नेता तथा मन्त्रीहरूको सहभागिता रहेको थियो ।

काठमाडौँमा हिजो ओर्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै रामदेवले भारतपछि पतञ्जलीको दोस्रो गन्तव्य नेपाल भएको बताउदै टेलिभिजनका अलावा नेपालमा रिसर्च सेन्टर र कलेज विस्तार गर्ने योजना समेत रहेको बताएका थिए ।

नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गरिएको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवाले गरे रामदेवका दुई वटा टेलिभिजनको उद्घाटन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !