१२ असार २०८१, बुधबार

सिंहदरबारमा प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बैठक बस्‍न लागेको हो ।

यो मन्त्रिपरिषद‍्को बैठक नियमित भएकोले बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । यद्यपि आज बस्न लागेको बैठकमा न्यायलयमा देखिएको चरम विवादको सम्वन्धमा पनि छलफल हुनसक्ने आंकलन गर्न सकिन्छ ।

कानुन व्यवसायीको धर्नाका वावजुद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक जारी रहेको छ ।

सर्वोच्च परिसरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरूमाथि आज प्रहरीले लाठीचार्ज गर्दा एक दर्जन जति कानुन व्यवसायी घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !