१३ आश्विन २०८१, आइतबार

भारत भ्रमण : राजेश हमालको विरोध गर्दै कलाकार बालुवाटारमा


२१ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चैत्र २३ गतेदेखि २५ गतेसम्म हुने भारतको राजकीय भ्रमणमा कलाकारहरुको नेतृत्व गर्दै महानायक राजेश हमाल जाने निधो भएसँगै अन्य बरिष्ठ कलाकारहरु रुष्ट बनेका छन् ।

प्रधानमन्त्री ओलीले आफूहरुसँग कुनै सल्लाह र सुझाव नै नलिईकन कलाकारको टोली बनाएकोमा कलाकारहरु नै रुष्ट बनेका छन् । हमालसँगै कलाकारको टोलीमा दिनेश डिसी पनि छन् ।

कलाकारहरु आवद्धता रहेको विभिन्न संघहरु नै यतिवेला आक्रोशित छन् । एक जना कलाकार भन्दै थिए,‘हामीसँग नाम माँग्नुपर्दथ्यो, हामी यो कुरा मान्दैनौं, अरु पनि कलाकार छन्, खोई त सरसल्लाह गरिएको हो ? गरिएन, यो गतल परम्परा हो, सच्याउनुपर्छ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु