१२ पुस २०८१, शुक्रबार

प्रचण्डले भने, ‘एकता प्रक्रिया अघि बढ्यो, अब चलखेलले रोकिँदैन’


प्रचण्ड

२१ चैत, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले–माओवादी दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताएका छन् ।

उनले भने,‘पार्टी एकता प्रक्रिया सहजढंगले अघि बढिरहेको छ, हिजोमात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको रिपोर्ट बुझेका छौं । दुवै पार्टीलाई सहज हुने गरी एकता टुंगाउन हामी लागिरहेका छौं ।’

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको मतऐक्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौं । विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौं ।’

पार्टी एकता हुन नदिन भित्र र बाहिर दुवैतिरबाट चलखेलहरु भएको उनको आरोप थियो । यद्धपी उनले ती चलखेलहरुले एकता नरोकिने जिकिर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !