७ बैशाख २०८१, शुक्रबार

रामचन्द्र र प्रकाशमानको दुरी बढ्यो : पौडेलको बैठकमा गएनन् प्रकाशमान


रामचन्द्र पौडेल र प्रकाशमान सिंह

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको आफूपक्षीय केन्द्रीय सदस्यको बैठक जारी रहेको छ । बत्तीसपुतलीस्थित एक होटलमा केही समयअघि शुरु भएको बैठकमा नेता प्रकाशमान सिंह अनुपस्थित रहेका छन् ।

आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेण्डाको बारेमा धारणा बनाउन बसेको पौडेल पक्षको बैठकमा प्रकाशमानको अनुपस्थितिलाई राजनीतिक वृतका चासोका साथ हेरिएको छ । सिंह निकट स्रोतका अनुसार उनी केही समय सभापति शेरबहादुर देउवासँग नजिकिएर आन्तरिक छलफलमा समेत रहेको बुझिएको छ ।

यसरी पौडेल पक्षबाट सभापतिमा लड्ने भन्दै आएका सिंह बैठकमा नगएपछि वरिष्ठ नेता पौडेलवीच उनको दुरी बढेको सहजै अनुमान गर्न सकिन्छ । पछिल्लो समय सिंहले नेता पौडेलको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !