८ मंसिर २०८१, शनिबार

‘धर्मिक पर्यटन प्रवद्र्धनका निम्ति शिव परिपथ अपरिहार्य’


c

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि शिव परिपथको विकास हुनु अपरिहार्य भएको बताउनुभएको छ ।

भारत स्वतन्त्र भएको ७५औँ वर्षका अवसरमा यहाँस्थित भारतीय राजदूतावासले आयोजना गरेको छ दिने पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल ¥यालीका सहभागीलाई नेपालको झण्डा हस्तान्तरण गर्दै उहाँले दुई देशबीचको धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति शिव परिपथको विकास अत्यावश्यक भएकामा जोड दिनुभएको होे ।

पशुपतिनाथ, काशी विश्वनाथ, बद्रीनाथ र केदारनाथलाई शिव परिपथको रूपमा विकास गर्नका साथै नेपाल तथा भारतका प्राचीन र मौलिक सभ्यताका धार्मिकस्थल प्रवद्र्धनमा मन्त्री आलेले जोड दिनुभएको हो ।

समानतामा आधारित नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई समान धर्म, संस्कृति, परम्परा र रीतिरिवाजले अझ प्रगाढ तुल्याएको बताउँदै उहाँले हिन्दू धर्मावलम्बीका आस्थाका धरोहर शिवका चारधाम खुला सङ्ग्रहालय हुन् भन्नुभयो ।नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत र नेपालबीच निरन्तर सुमधुर सम्बन्धको प्रतीकका रूपमा काशी विश्वनाथ र पशुपतिनाथ रहेका र तिनले नै दुवै देशका जनतालाई प्रेम र सद्भावको सूत्रमा जोडेको बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा र पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश रावलले ¥यालीका सहभागीको सुस्वास्थ्य एवं सुरक्षित यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो । पचासवटा मोटरसाइकलको उक्त ¥याली यही कात्तिक ३० गते काशी अर्थात् वाराणसी पुग्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !