१५ बैशाख २०८१, शनिबार

राष्ट्रपति भण्डारीद्वारा ३ प्रदेश प्रमुख पदमुक्त गरेलगतै ३ नयाँ नियुक्त


राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । हिजो कात्तिक २२ गते सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् ।

राष्ट्रपति कार्यालयद्वारा आज मंगलबार साँझ जारी गरिएको प्रेस विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।
३ नयाँ प्रदेश प्रमुख नियुक्तियस्तै राष्ट्रपति भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेसँगै सरकारकै सिफारिसमा नयाँ ३ जना प्रदेश प्रमुख पनि नियुक्ति गरेकी छिन् । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
३ प्रदेश प्रमुख पदमुक्त देउवा सरकारले परियार नेकपा माओवादी केन्द्रको कोटावाट, जोशी नेपाली कांग्रेसको कोटावाट र खापुङ जनता समाजवादी पार्टीको कोटावाट प्रदेश प्रमुखमा सिफारिस भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !