२७ कार्तिक २०८१, मंगलबार

मन्त्रीद्वयसँग सहायक महासचिवको भेट


डा. नारायण खड्का फाइल फोटो

काठमाडौँ । नेपालको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिश्चियन सान्डर्सले रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग आज बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ ।

दुवै भेटका अवसरमा मन्त्रीद्वयले शान्ति सेनामा नेपाल र नेपाली सेनाको गौरवशाली योगदान र भविष्यमा विस्तारित प्रभावकारी नेतृत्वदायी भूमिकाबारे विचारविमर्श भएको थियो । मन्त्रीद्वयले नेपाली शान्ति सैन्यलाई कार्यक्षेत्रमा उच्च स्थानमा अवसर दिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले राष्ट्र सङ्घीय शान्ति सेनामा नेपालबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सहायक महासचिवले शान्ति सेनामा सहभागी भएर विश्व शान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले निर्वाह गरेको योगदानको सराहना गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !