विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौता अनुमोदनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमध्ये एक जनाले झुटो बोलेको आरोप लगाएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्। उनले भने “शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ दुईमध्ये एक जनाले झुट बोलेको देखियो ।”